एमाले संकलन यात्रा; समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : ओलि




गुल्मी, २० मंसिर

नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताएका छन । एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलिले नेकपा एमालेको एकल बहुमत बिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न् यो समृद्ध यात्रा सुरु गरिएको बताए ।




आफुले यात्राका क्रममा एमाले प्रति जनताको उर्जा व्यापक भएकाले मिसन ०८४ का लागि योजनाबद्ध रुपमा काम गर्न एमाले निकट कमिटी र नेताकार्यकर्तालाई आग्रह गरे ।

एमाले काम गर्ने पार्टी र देशमा समृद्धिको संभावना भएकाले देशका कुनाकाप्चाका जनताको समस्या, बिकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध संकल्प यात्राले दिएको ओलिले बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलिले भुकम्पको अवस्था समेत बुझने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको बताए ।

उनले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धबृदाको अबस्था कन्तबिजोक अबस्थामा रहेकाले सरकारले काममा तिब्रता दिनुपर्ने बताउँदै भुकम्पमा अस्थायी आवास निमार्ण र भग्नावषेस हटाउन खटिएका एमाले स्वमसेबकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रसंशा ब्यत्त गरे ।



सम्बन्धित
Loading...