दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट शुक्रबारदेखि, उद्घाटन खेल आयोजक सयपत्री र रोयल राइनोबीच हुने

रामकुमार श्रेष्ठ —
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा शुक्रबारदेखि दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सयपत्री युवा क्लब कावासोती १६ र रोयल राइनो क्लब गैरीबीच हुने आयोजक संस्था सयपत्री युवा क्लबका अध्यक्ष युगान्त गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने समूहले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छन् ।
त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कावासोतीमा रहेको सदभाव एजुकेशनले प्रयोजन गरेको प्रतियोगिताको सहयोगी संस्था कावासोती अस्पताल रहेको छ भने दाउन्ने न्यूज डट कम मिडिया पाटर्नर रहेको छ ।