मलाई मिटरब्याजी भनेर चरित्र हत्या गरियोः कावासोती २ वडाध्यक्ष पाण्डे




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेले आफूलाई मिटर ब्याजी भनेर जबरजस्ती चरित्र हत्या गर्न खोजेको बताएका छन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन् – ‘कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेको नाममा मिटरब्याजी भन्दै विभिन्न सञ्चार माध्यममा मेरो चरित्र हत्या हुने हिसाबले निराधार, कपोकल्पीत तथा भ्रामक सामग्री सार्वजनिक भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’




उनले सञ्चारमाध्यममा प्रकाशित प्रशारित सामग्रीले अराजकता सिर्जना गरेको भन्दै निराधार आरोप लगाउने भनेका छन् निराधार आरोप लगाउने गलत मानसिकता बोकेका कथित पीडितहरु प्रति खेद प्रकट गर्दछु ।

उनले आफूबाट पीडित भनेर आएकाहरुसँग पटक पटक बसेर छलफल गर्न बोलाउँदा नआएर छलफलबाट भागी सञ्चारमाध्यमबाट आरोप लगाएर चरित्र हत्या गरेको भन्दै आफूलाई निराधार आरोप लगाउने पक्ष माथि कारवाहीको माग समेत गरेका छन् ।



सम्बन्धित
Loading...