दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको तेस्रो दिनको खेलमा कावासोती युवा क्लब विजयी




मंसिर २३ ।
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको खेलमा आज कावासोती युवा क्लब र जुकेपानि चर्च विच प्रतिस्पर्धा भएको हो । खेलमा कावासोती युवा क्लब विजयी भएको हो । कावासोती युवा क्लबले जुकेपानि चर्चलाई १ – ० गोलको अन्तरले हराएको छ ।

खेलमा कावासोती युवा क्लबले १ गोल गरेको थियो । कावासोती युवा क्लबका आदित्य बाह्रघरे म्यान अफ द म्याच हुनुभएको हो । खेल नवलपुरको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा भएको हो ।




प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने समूहले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छन् । त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कावासोतीमा रहेको सदभाव एजुकेशनले प्रयोजन गरेको प्रतियोगिताको सहयोगी संस्था कावासोती अस्पताल रहेको छ ।

भोलि हुने खेलमा विग डेडि कावासोती र रातोडाँडा (एम.एम.एफ.सि) को खेल २ बजे हुनेछ, त्यसैगरी भानु युथ ऐकेडेमि र देभचुलि रेन्र्जस बिचको खेल ३ बजे हुने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...