घाटमा लैजान लागेका व्यक्ति जीवितै
इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको अवस्थामा परिवारले हामीसंग पैसा तिर्न नसक्ने भनेर अस्पतालबाट निकालेर लागेको अस्पतालले जनाएको छ।
तर बाहिर अस्पतालले मृत घोषणा गरेको भनेर भ्रम फैलाईको अस्पतालका प्रमुख सन्तोष कुमार मेहताले जानकारी दिए। बिरामीलाई आईसीयुमा राखेर उपचार गराई राखेको अवस्थामा उनका आफन्तले उपचार गर्ने पैसा नभएको भन्दै म मेरो बिरामीलाई कुनै पनि औसधीहरु नचलाउने भनि सहिछाप गरेर बिरामी लिएर गएको प्रमुख मेहताले बताए।
‘यहाँबाट उपचार गर्न नसक्ने भनेर बिरामी घर लिएर जाने अनि अस्पतालले मृत घोषणा गर्यो भनेर भ्रम फैलाउने, के उनीहरुसंग मृत्यु प्रमाणपत्र छ, उनले भने प्रमाणपत्र भए देखाऊ भन्नुहोस, के हामी जिवितै मान्छेलाई मृत घोषणा गर्छौ त्यस्तो नचाहिने कुरा गर्ने।’
उनीहरुले बिरामी लिएर गएको सीसीटिभी फुटेज देखि सबै प्रमाण आफूहरुसंग सुरक्षित रहेको र भ्रम फैलाउन खोज्नेलाई कानुनी कारबाही गर्ने उनले बताए। बरु आस्पतालले पैसा नभए ५० प्रतिसत छुट दिन्छौ वडामा पनि गएर जनप्रतिनिधि संग कुरा गर्न भनेर पठाएको उनले बताए।
उनीहरुमा अशिक्षाको कारण जिवितै मान्छेलाई मृत भएर बाहिर फैलाएको र अहिले जिल्ला अस्पताल इनरुवामा उपचारको लागि लागिएको इनरुवा नगरपालिका–३ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताए।

‘मुसहर जाति खासै शिक्षित हुदैनन्,अस्पतालसंग बुझ्दा मृत उपचार गर्ने पैसा नभएर बिरामी निकालेर आएको बुझियो,हामीले पनि उनको परिवार संग बुज्दा मारगेले – मारगेले भनेको सुन्यौ अध्यक्ष श्रेष्ठले राजधानीसंग भने,अहिले हामी जिल्ला अस्पताल इनरुवामा छलफल गर्दै छौ।’ दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेको भने सत्य रहेको उनले बताए।