सदभाव सयपत्रि सेवेन ए साईडमा आज सूर्योदय क्लब र डि ब्वाईज विजयी




नवलपुर, मंसिर २५ ।
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सूर्योदय युवा क्लब र डि व्याइज विजयी भएको छ । आज भएको पहिलो खेलमा सूर्योदय युथ क्लबले टाइगर युथ क्लबलाई हराएको थियो ।




सूर्योदय युथ क्लब र टाइगर युथ क्लबबीच भएको खेलमा निर्धारित समयसम्म कुनै पक्षबाट पनि गोल हुन नसकेपछि खेल ट्राइवेकरबाट टुङगो लागाईएको थियो । ट्राईवेकरमा २(१ गोलले टाईगर युथ क्लबलाइ हराउदै सूर्योदय क्लब विजयी भएको हो । पहिलो खेलमा सूर्योदय क्लबका समिर गुरुङ म्यान अफ दि म्याच भएका थिए।

यस्तै आजै भएको दोस्रो खेलमा डि ब्वाईज जियी भएको छ । डि ब्वाइज र शिवमन्दिर फुटबल क्लबबीच भएको खेलमा पनि निर्धारित समयसम्म कुनै पक्षबाट गोल हुन नसकेपछि यो खेललाई पनि ट्राइवेकरबाट टुङगो लागाईएको थियो । ट्राईवेकरमा ३(२ गोल अन्तरले डि ब्वाईज विजयी भएको हो । खेलमा डि ब्वाईजका अशोक के सि म्यान अफ दि म्याच भएका थिए ।

खेल नवलपुरको कावासोती नगरपालिका वडा नं १६ को वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा शुक्रबार देखि शुरु भएको हो । प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने समूहले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छन् ।

त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कावासोतीमा रहेको सदभाव एजुकेशनले प्रयोजन गरेको प्रतियोगिताको सहयोगी संस्था कावासोती अस्पताल रहेको छ ।



सम्बन्धित
Loading...