छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना शिक्षक पक्राउ
काठमाडौं, मंसिर २५ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको एक विद्यालयका दुईजना शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको इन्द्रावती गाउँपालिका–६ मा स्थित कमलादेवी माध्यमिक विद्यायलका दुईजना शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन् ।
सोही विद्यालयका दुईजना छात्राले दुर्व्यवहार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूविरूद्व जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।