देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ : अध्यक्ष ओली
रामेछाप, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको पनि ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएकोउनको भनाइ थियो ।
ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको दाबी समेत गरे ।
उनले भने, ‘यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ । यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु ।’