प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राममा


मंसीर २६ –
प्रधानमन्त्री पुस्पकल दाहल नवलपरासीको रामग्राम पुग्नु भएको छ । गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रको बिकासका लागी नया कार्ययोजना सावैजनिक गर्ने कार्यक्रममा सहभागीता जनाउनका लागी प्रधानमन्त्री प्रचण्ड नवलपरासी पुग्नु भएको हो ।



प्रधानमन्त्री प्रचण्डलाई पर्यटनमन्त्री सुदन किराती र लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले स्वागत गर्नु भएको थियो ।

रामग्राम स्तुपको बिकासका लागी एक निजी कम्पनीले अध्ययन गरी बिस्तृत योजना निमार्ण गरि गुरु योजना बनाएर काम गर्ने तयारी भैरहेको छ ।




सो गुरुयोजनाको सुभारम्भ गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीता जनाउन प्रचष्ड नवलपरासीको रामग्रम पुग्नु भएको हो । रामग्रामको बिकासका लागी लुम्बिनी बिकास कोषले पनि बिदेशी दाताको सहयोगमा काम गर्न सकिने बताएको छ ।

यो योजनाले रामग्राम क्षेत्रको पुनरस्थापना , सम्रक्षण , र बिकासका लागी दुरदर्शी परियोजना रहेने बिश्वास गरिएको छ ।



सम्बन्धित
Loading...