सदभावको मेरिगोल्डमाथि गोलको बर्षा, १ को विरुद्ध ९ गोल, सन्दीप मल्लले गरे एक्लै ८ गोल

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जारी सदभाव सयपत्रि सेवेन ए साईड फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सद्भाव एजुकेशनको टिमले मेरीगोल्डलाई गोलको बर्षा गरेको छ ।
मेरी गोल्डले १ गोल गर्दा सदभावले मेरी गोल्डलाई ९ गोल गरेको हो । प्रतियोगिता अवधिभर मेरीगोल्ड विरुद्ध सदभाव हावी भएको थियो । सदभावका लागि सन्दीप मल्ल ठकुरीले एक्लै ८ गोल गरेका थिए भने सराेज गुरूङले १ गोल गरेका थिए ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।
खेल नवलपुरको कावासोती नगरपालिका वडा नं १६ को वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा भएको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने समूहले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छन् ।
त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कावासोतीमा रहेको सदभाव एजुकेशनले प्रयोजन गरेको प्रतियोगिताको सहयोगी संस्था कावासोती अस्पताल रहेको छ ।