बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु


मंसिर २७ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारामा एक डेढ वर्षीया बालिकाको मृत्यु भएको छ ।



बाहुनधाराका अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।



यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...