बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी, रिहा हुँदै




काठमाडौँ, मंसिर २९ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएर आज धरौटीमा रिहा हुँदैछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार उनी आज धरौटीमा रिहा हुन लागेका हुन् ।




शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका छन् ।

खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



सम्बन्धित
Loading...