नवलपुरको हुप्सेकोटमा इको क्लव संरक्षक शिक्षक संजाल गठन




प्रिय धन , नवलपुर , २९ मंसिर २०८० ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा इको क्लव संरक्षक शिक्षकहरुबाट पालिका स्तरीय इको क्लव संजाल गठन भएको छ ।




शुक्रबार पालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका इको क्लवका संरक्षक शिक्षकहरुको भेलाले सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय गिरुवारीका शिक्षक हरि प्रसाद पाण्डेको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय इको क्लव संजाल गठन गरेको हो ।

हुप्सेकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा एन्साब नेपालको सहयोगमा संजाल गठन गरिएको हो ।

विद्यालयको हरियाली वातावरणमा विद्यार्थीमा सिकाईको चाहना बढि हुने , साना बालबालिकामा विद्यालय आउन उत्सुकता थपिने भएकाले विद्यालय हरियाली बनाउनकै लागि हुप्सेकोट गाउँपालिका स्तरीय इको क्लव गठन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख माधवराज गौतमले जानकारी दिनुभयो ।

शिक्षा अधिकृत तेज चन्द्र खनालले संचालन गर्नु भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिका ४ का वडा अध्यक्ष महेन्द्र पाण्डे , गाउँपालिका प्रवक्ता रेवती सारू , स्रोत शिक्षक लालचन्द्र लामिछाने लगायतले बोल्नुभएको थियो ।

संजालको उपाध्यक्षमा एलिसा तामांग , सचिवमा जित बहादुर बि. क. , सह सचिवमा चेतन रजाली , कोषाध्यक्षमा लीलावती पाण्डे र सदस्यहरुमा नारायण काफ्ले , भोष बहादुर सारू , विष्णु पोखरेल , ओम बहादुर सारू , शान्ति पाण्डे , पम्फा देवी कानुङ रहनु भएको छ ।

संजाल गठन पछि अध्यक्ष हरि प्रसाद पाण्डेले हुप्सेकोट गाउँपालिकाका विद्यालयहरुलाई वातावरणमैत्री बनाउन लागि पर्ने बताउनुभयो । विद्यालयको वातावरण हरियाली बनाउने , करेसाबारी निर्माण गर्ने , बाल उद्यान बनाउने , संभव भएका विद्यालयमा फूल खेती गर्ने लक्ष्य लिईएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रम एन्साब नेपालका प्रतिनिधि चण्डीका हुमागाईंले सहजीकरण गर्नुभएको थियो ।



सम्बन्धित
Loading...