झरना खोलाको पर्यटन पर्वद्र्धनका लागि ३ दिने पर्यटन तथा सांस्कृतिक महोत्सव हुने




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवमा रहेको झरना खोला र यहाँको होम स्टेमा पर्यटन पर्बद्धनका लागि यहाँ ३ दिने पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।




माघ २५, २६ र २७ गतेगरी ३ दिन प्रथम झरना खोला पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सव झरना खोला सामुदायिक मगर होम स्टेको आयोजना र झरना संरक्षण समिति र सिर्जनशिल आमा समूहको सह आयोजनामा हुने छ ।

महोत्सवमा स्थानीय परिकारहरुका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको सास्कृतिक प्रस्तुति, कौराहा, घाटु, सोरठी जस्ता नाँचहरु पनि देखाइने छ । महोत्सव निशुल्क अवलोकन गर्न पाइने आयोजक संस्था झरना खोला सामुदायिक होम स्टेका अध्यक्ष सागर गाहा मगरले बताए ।

यहाँ रहेको झरनाको प्रचारप्रसा हुँदै गएपछि यहाँ गर्मीको समयमा आन्तरिक पर्यटकहरु अत्यधिक बेढेको छ ।

महोत्सवको बारेमा जानकारी गराउँन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

आयोजकले महोत्सव आर्थिक लाभ लिनको लागि भन्दा पनि यहाँको पर्यटकीय क्षेत्र र सांस्कृतिक क्षेत्रका प्रचारप्रचारका लागि आयोजना गरेको जनाएको छ ।

एनसाब नेपाल कावासोती १६, डाण्डामा रहेको सस्थाले पनि यो झरनाखोलाको पर्यटन क्षेत्रलाई विकास गर्नको लागि साईन्बोर्ड बनाईदिनुका साथसाथै प्रकृति तथा सास्कृतिक पथमार्ग निर्माण शुरु गर्ने तयारी गरेका छन् ।



सम्बन्धित
Loading...