मोटरसाइकल दुर्घटनामा कोहारको निधन

नवलपुर । नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका ७ निवासी सुरज कुमार कोहारको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ बेलानी स्थित भित्री सडक खण्डमा आफूले चलाइएको लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको हो ।
गम्भीर घाइते कोहारको सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा निधन भएको हो । उनी नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिवालय सदस्य एवम् विनयी त्रिबेणी गाउँ कमिटीका इन्चार्ज थिए । उनी साना किसान कृषि सहकारी संस्था त्रिवेणीका अध्यक्ष समेत थिए ।