कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल भेटिएको हो ।




उक्त मानव कंकाल महिला वा पुरुष कस्को भन्ने सम्म यकिन नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।

शर्माले कंकाल माथि सेतो धर्का परेको सर्ट र शरिरको तल्लो भागमा कालो कपडा बेरिएको अवस्थामा भेटिएको छ । उक्त कंकाल नजिकै एउटा रुखमा डोरी पनि भेटिएकोले आत्महत्या गरेको मानिसको शव भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

लामो समयसम्म उक्त स्थानमा मानिस नगएको कारण अहिले मात्र मानव कंकाल भेटिएको प्रहरीले अनुमान गरेको छ । घटनाको अनुसन्धान जारी रहेको शर्माले बताए ।



सम्बन्धित
Loading...