नवलपरासीमा १२ दिनमा ८८ जना फरार प्रतिबादीहरु पक्राउ

नवलपरासी । अदालतले दोषी ठहर गरी फरार रहेका ८८ जनालाई पश्चिम नवलपरासीबाट पक्राउ गरेको छ ।
पछिल्लो १२ दिनको अवधिमा ८८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी निजल्ला अदालत परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ८८ जनालाई अदालतले ४ लाख १८ हजार ५ सय ३ रुपैयाँ जरिवाना र ४१ बर्ष ०७ महिना १६ दिन कैद सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पछिल्लो समय फरार प्रतिवादीहरुलाई पक्राउ अभियान तिब्र पारेको छ ।