कावासोतीको शिवालय मन्दिरमा नयाँ समिति गठन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको महाकालेश्वर शिवालय मन्दिरमा १५ सदस्यीय नयाँ समिति गठन गरिएको छ ।
आज कावासोती ३ र कावासोती ९ का बासिन्दाहरुको भेलाले नरबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा दुर्गा गुरुङ, सचिवमा चुडाबहादुर बस्नेत, सहसचिवमा रेनुका लामिछाने, कोषाध्यक्षमा सीता महतो चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा टिका विक, भोजराज गिरी, रणबहादुर कार्की, अनन्तराम सुनार, पूष्पा क्षेत्री, चन्द्रकला वाग्ले, चिनु श्रेष्ठ, बाबु चापागाई, सुस्मिता महतो र संजिता जिसी चयन भएका छन् ।
त्यसैगरी तुलसीराम अर्याल संयोजक रहने गरी टेकबहादुर श्रेष्ठ, रामबहादुर हमाल, बृषबहादुर श्रेष्ठ र तुलसीराम चापागाई सदस्य रहेको सल्लाहाकार समिति पनि चयन गरेको छ ।
भेला कावासोती ३ का वडा सदस्य ऋषिराम बस्ताकोटीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन चिरञ्जीवि जिसीले गरेका थिए ।