बृद्ध उमेरमा परालकाे टाैवा चुल्यादै महताे

घनश्याम बगाले । नवलपरासी
मनमा साहस र हातमा सीप भए मानिसलाई उमेरले छेक्दाे रहेन छ भन्ने उदाहरण स्थानीय एक बृद्धले पेस गरेकाछन् ।
पूर्वी नवलपरासीकाे कावासाेती १३ कुस्नरीका बृद्ध धनिराम महताे हिउँदका दिनमा परालकाे टाैवा चुलाउने काम गर्दछन् ।
उमेरले ७८ पुगिसकेका महताेलाई गाउँलेका टाैवा चुल्याउन भ्याई नभ्याई हुन्छ ।
स्थानीयका अनुसार बृद्ध महताेले चुल्याएकाे टाैवा नढल्ने, पानी नपस्ने र हेर्दा पनि आकर्षक हुने गर्दछ ।
पुरानाे चलन टाैवा हालि सके पछि यसलाई थप आकर्षक बनाउन यसकाे शिरमा परालकै कलात्मक माछा, बादर, गजुर बनाई फूलले सजाउने गरेकाे महताे बताउँछन् ।
महताेलाई दिनहुँ टाैवा हाल्ने कामकाे फाेन आई रहन्छ । पालाे मिलाएर उनी आफ्ना परिवारका सदस्यका साथ टाैवा चुलाउन निस्कन्छन् ।
बृद्धै भए पनि उनी हातमा घडी बाँधेर स्कुटर चढी काम तिर लागि हाल्छन् ।
घण्टाकाे २ सयका दरले काम गरी पारिश्रमिक लिनु पर्ने हुदा समय हेर्न र बेलैमा काममा पुग्न घडी र स्कुटी नभई नहुने महताे बताउछन् ।
पहिला पहिला आफ्नै करिव ४ बिगाहा खेतकाे भुई टाैवा हालेर गाई भैंसी पाल्ने गरेकाे महताेकाे कथन छ ।
आज भाेली आफ्नै गाेठमा पनि गाई बस्तु घटेकाे र गाउँहरूले पनि वस्तु पाल्न छाडेकाले ठूला टाैवा बिरलै देखिने महताे बताउछन् ।
भुई टाैवाकाे विशेषता भनेकाे पराल थुतेर गाई वस्तुलाई हालि रहनु नपर्ने, चारै तिर बार बन्धन गरी वस्तु भित्र हुलेर तगारो कसि दिए पछि पुग्ने महताेले सुनाए ।
उनी तराईमा जमिन्दारका टाैवा हालेकाे बिगत सम्झदै भन्छन दशाैं बिगाहा खेतकाे पराल एउटै टाैवा हाल्दा हाल्दै कैयाै दिन बितेकाे पत्तै हुदैनथ्याे ।
महताेले भने तराईकाे फाँटमा जन्मियाे हुर्कियाे उमेर पुगे पछि हलाे जाेत्नेे, खेती लाउने काममै लागियाे जानेकाे काम टाैवा हाल्ने हाे यही गर्दा गर्दै बुढाे भई सकिए छ ।