गाई काटेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ

कपिलबस्तु ८ पुष –
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन । वाणगंगा नगरपालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताएका छन् ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा १० भावपुरका सुरज विक, बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाती थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेकाे बताएकाे छ ।
गाईको मासुलाई भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको बताएकाे छ।
उनिहरुबाट अन्दाजी १ क्वीन्टल गाईको मासु समेत बरामद गरिएको बतएकाेछ । पक्राउ परेका ३ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ ।