नवलपुरमा बाघकाे आक्रमणमा परि एकै घरका दुई जना महिलाकाे मृत्यु

नवलपुर। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ को खहरे जंगलमा बाघको आक्रमणबाट दुइजना महिलाको मृत्यु भएको छ ।
दिउसो घास काट्न गएका सासु बुहारी हराएपछि खोजिको क्रममा राति १० बजे मृत फेला परेको हो । घटना स्थलमा अहिले प्रहरी पुगेको छ ।
बाघकाे आक्रमणबाट अन्दाजी २८/२९ बर्षीया विष्णु पौडेल र निजकाे सासु अन्दाजी ५८/५९ बर्षीया महिला मनादेवी पाैडेलकाे निधन भएकाे छ ।
प्रहरी र स्थानीयकाे सहयाेगमा खाेजी गर्दा उनीहरूकाे शव जंगलमा भेटिएकाे हाे ।
घटना स्थल सडक देखि करिब १ किलाेमिटर भित्र विनयी सामुदायिक वनमा पर्दछ ।
थप विवरण आउन बाँकी
