राजा महात्मा पूर्णभद्रको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा

पप्पुु रेग्मी, बर्दघाट,पाैष १२ ।
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
२०२७ सालमा स्थापना भएको यस विद्यालयकाे स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको विद्यालयमा बिहीवार पत्रकार
सम्मेलनकाे आयोजना गरी जानकारी गराइएको हाे ।
कार्यक्रम संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा ५९ सदस्यीय मूल समारोह समिति र २६ वटा उप–समिति गठन गरिएको हुदा भव्यताका साथ पुस १५ गते देखि पुस २१ गते सम्म विद्यालयकाे स्वर्ण जयन्ति मनाउनकाेलागि अन्तिम तयारी पुरा भएको अवगत गराउदै, कार्यक्रमको समुद्घघाटन प्रमुख अतिथिको रुपमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएको र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका जनप्रतिनिधिहरु विभिन्न फरक–फरक दिनको प्रमुख अतिथिको रुपमा रहने सम्याेजक खनालले जानकारी दिनुभयो ।
विद्यालयमा स्मारक निमार्ण अन्तिम चरणमा पुगी सिङ्गमरमरमा नाम लेख्ने काम भइरेहेको, मञ्च व्यवस्थापन, बिजुली बत्तिको व्यवस्थापन विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन भईरहेको साे अवसरमा जानकारी दिनुभयो ।
त्यसैगरि सांगितिक पिटीको तयारी पुरा भएको, स्वर्ण जयन्ती महोत्सवकालागि दाताहरुसँग सहयोग संकलन भईरहेको बताउदै, सम्मान पत्र, प्रशंसा पत्र, प्रमाण-पत्र, ब्राेसर निमन्त्रणा पत्र छपाई गरी वितरण कार्य भइरहेको र स्मारिका लेखन अन्तिम चरणमा पुगेको, विद्यार्थीहरूकाे खाजा महोत्सवकाे तयारी समेत भइरहेको सम्याेजक खनालले बताउनुभयो ।
पहिलो दिन कलश यात्राको तयारी भईरहेको, साँस्कृतिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुकाे २५ समूह र केन्द्रीय कलाकारहरु कार्यक्रममा आउने सुनिश्चत भइसकेको तथा स्थानीय संस्कृति झल्किने गरी विभिन्न साँस्कृतिक कार्यक्रमको तयारी भइरहेको सम्याेजक खनालले बताउनुभयो ।
स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घघाटन, स्मारक लोकार्पण, पिटी, शुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पूर्व शिक्षक सम्मान तथा शुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
तेस्रो दिन १७ गते संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक अभिभावक संघ, विद्यालय मा विभिन्न उप–समितिमा रहेर काम गर्नुभएका समाजसेवीहरूलाई सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाताहरूलाई सम्मान तथा शुभकामना, जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
पाचौँ दिन १९ गते पूर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा शुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
छैठौँ दिन २० गते जिल्ला स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ भने कार्यक्रमको अन्तिम दिन ( सातौँ दिन) २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालय प्रधानाध्यापक पुष्पराज अधिकारीले बताउनुभयो ।
स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ संकलन हुने र हालसम्म ४१ लाख बढी संकलन भईसकेको र सबै कार्यक्रम सम्पन्न गर्नकालगि ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।