गैडाकोट र देवचुलीमा भएका दुर्घटनामा ४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र देवचुलीमा आज साँझ भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ साढे ६ बजेटिर नवलपुरको गैडाकोट नगरपालिका ८ नगरपालिका कार्यालय अगाडि दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।
दुर्घटनामा परी पश्चिमबाट पूर्बतर्फ आँउदै गरेको ग.प्र. ०४—००१ प २८०२ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका १२ निवासी २७ बर्षीय खेमबहादुर पौडेल र बिपरित दिसाबाट जाँदै गरेको ना ५९ प ४६५ नम्बरको मोटरसाइकल चालक गैडाकोट ११ बस्ने बर्ष २६ को कर्णबहादुर थापा घाइते भएका हुन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी आज साँझ साढे ७ बजेतिर देवचुली १३ दलदले मुण्डे भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको बा.प्र. ०३–०३ प ९६५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली ५ बस्ने बर्ष २९ को यामकुमार मगर सामान्य घाइते भएका छन् भने मोटरसाइकल पछाडि सवार देवचुली १३ बस्ने ३५ बर्षीय मन्त्रालय लुङ्गेली गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।