पूर्व राजा ज्ञानेन्द्रको पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन, कालिका मन्दिरमा पूजाअर्चना


नवलपरासी, १७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन गरिएको छ ।



बर्दघाटे कालिका मन्दिर सरावल ७ को आयोजनामा भएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी भएका हुन् । उनले अभिनन्दन ग्रहणसँगै बर्दघाटे कालिका मन्दिरमा पूजा अर्चना गरे पनि कुनै सम्बोद्धन भने गरेनन् । मंगरबार दिउँसो पश्चिम नवलपरासीको सरावल ७ मा भारतीय सिमा नजिकै रहेको मन्दिरमा आई पुर्व राजा शाहले विधिपुर्वक पुजाआजा गरेका हुन् ।

सो क्रममा पूर्व राजा शाहलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले अभिनन्दन गरेका थिए ।




अभिनन्दन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पुर्वराजाको आगमनका क्रममा राजावादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो भन्दै नाराबाजी गरेका थिए । शाहले पुजाआजा पछि मंचमा पुगेर सम्मान ग्रहण गरेका थिए ।

बर्दघाटे कालिका मन्दिर एक सय वर्ष भन्दा पनि पुरानो रहेको जनविश्वास रहेको छ ।
पूर्व राजा ज्ञानेन्द्र नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएर भैरहवा फर्किएका थिए । उनी २ सातादेखि भैरहवामा रहेका छन् ।



सम्बन्धित
Loading...