क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ, २ करोड बरामद
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरूले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोप छ । सो बारे विभागमा सूचना पुगेको थियो । उनीहरूको साथबाट दुई करोड रुपैयाँ र तीन हजार अमेरिकी डलर बरामद गरिएको छ ।
काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरि छापा मार्दा घरमा २ करोड नगद फेला परेको छ ।
उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’ अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।