अब ठूला भ्रष्टचारीहरूका फाईल खाेलिन्छ: कानुन मन्त्री गुरुङ




नवलपरासी –

कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले
अब ठूला भ्रष्टचारीहरूकाे फाईलहरू खाेलिने बताएका छन् ।
उनले भ्रष्टाचारीको कुनै जात धर्म,पार्टी र राष्ट्रियता नहुने बताउँदै उनीहरूलाई सबैले बहिस्कार गर्नु पर्ने बताए ।




वर्तमान सरकारले गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न पहल कदमी लिएको उल्लेख गर्दै मन्त्री गुरुङले मानव तस्करी, सुन ओसार पसार लगायतका ठुला ठुला काण्डहहरुलाई कानुनी दायराम ल्याई कारबाहीको प्रक्रिया अघि बढिरहेको बताउदै बिस्तारै अन्य ठूला फाईलहरु पनि खोलिदै जाने दावी गरे।

सरकारक हरेक क्रियाकलापलाई एकथरीले नकारात्मक तवरले मात्र प्रचार गरी सरकारले गरेका पहललाई ओझेलमा पार्न खोजिएको उनकाे आराेप थियाे ।

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको न्युलाईफ माबिमा आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय हरेक क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको बताए । उनले भने – हरेक कुराहरुमा नकारात्मक भाष्य स्थापित गर्न खोजिदै छ ।आउँदो पिढीलाई समेत देशभित्र कुनै अवसर छैन भन्ने खालका निरासाजनक वातावरण तयार गरी युवा पलायनलाई प्रोत्साहित गरिरहेका छौं, यो कुरा रोक्नु पर्छ।

मुलुक परिवर्तनका लागि सबै नेतृत्वमा सोच परिवर्तन हुनु जरुरी रहेको मन्त्री गुरुङको धारणा रहेको थियो ।कार्यक्रममा बोल्दै कानुन मन्त्री गुरुङले न्याय सबैलाई समान हुनेमा जाेड दिदै आम नागरिकलाई सहज रुपमा न्यायको प्रत्याभूति हुने गरी काम गर्नेमा जाेड दिए ।



सम्बन्धित
Loading...