नवलपुरमा स्कुल बसकाे ठक्करबाट ५ बर्षीय बालककाे निधन




रामकुमार श्रेष्ठ –

नवलपरासी- पूर्वी नवलपरासीमा आज स्कुल बसकाे ठक्करबाट १ जना बालककाे निधन भएकाे छ ।




नवलपुरकाे गैडाकाेट ६ माईली साईली चाेक भित्री सडक खण्डमा साईनिङ बार्डिङ्ग स्कूलकाे ना १ क ३६६७ नम्बरकाे स्कुल बसकाे ठक्बरबाट ५ बर्षीय बालककाे निधन भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी माईली साईली चाेक बस्ने पैदल यात्री शोभा थापा मगरको छोरा बर्ष ५ को स्वस्थी बाचे मगरकाे निधन भएकाे हाे ।

स्कूलबाट साईलीमाईली चाेक तिर जाने क्रममा बसले आज दिउँसाे ४:३० बजेतिर बालकलाई ठक्कर दिएकाे थियाे ।

बालककाे उपचारकाे क्रममा आज राति ९ बजे जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

ठक्कर दिने स्कुल बस र बस चालक चितवनकाे भरतपुर महानगरपालिका ३ बस्ने बर्ष ४८ को ढक बहादुर रानाभाट प्रहरी नियन्त्रणमा रहेकाे ईलाका प्रहरी कार्यालय गैडाकाेटले जनाएकाे छ ।



सम्बन्धित
Loading...