सिमसार क्षेत्र सरसफाइ गरि सिमसार दिवस


नवलपुर , माघ १९ ।
सिमसार क्षेत्र तथा नदि किनार सरसफाइ गरि विश्व सिमसार दिवस कावासाेतीमा मनाइएको छ ।



प्रकृति पथ प्रदर्शन संघ नवलपुर र जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिकाे संयुक्त अायाेजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे । सिमसार मानव हितकाे अाधार भन्ने मुल नाराका साथ प्लास्टिक जन्य फाेहर व्यवस्थापनकाे बारे जनचेतना समेत कार्यक्रममा दिइएको छ।

लामिचाैर र अमलटारी उपभोक्ता समिति अन्तर्गत रहेकाे सामुदायिक वन क्षेत्र , सिमसार क्षेत्र तथा नारायणी नदि किनारकाे प्लास्टिक जन्य फाेहर संकलन गरि सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।




सरसफाइ कार्यक्रममा सहमति नेपाल गैडाकाेट , नेपाल पन्क्षी संरक्षण संघ लगायत संस्थाहरुकाे सहकार्य रहेकाे थियो ।

सरसफाइ कार्यक्रम सम्पन्न भए पछि सचेतना मुलक जानकारी दिदै फाेहरकाे व्यवस्थापन अाफुबाट सुरु गर्नुपर्ने जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयाेजक डिवि चाैधरीले बताउनुभयो । जन्म देखि मृत्यु सम्म नारायणी तथा सिमसार क्षेत्र फाेहर गरेर मानव जातिले नै प्रकृतिकाे मृगौला मानियकाे सिमसार क्षेत्रलाई भार बाेकाइ रहेकाे बताउनुभयो ।

स्थानिय समुदाय , दाहसंस्कार गर्ने र पर्यटकहरू बाट निस्केको फाेहाेरकाे भारी सिमसारले अब बाेक्न नसक्ने हुदा जंगल तथा सिमसार क्षेत्रकाे फाेहर अाफैबाट व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा नवलपुरका नेचरगाइड , पर्यटन क्षेत्रमा अावद हाेटेल तथा लज , सामुदायिक बन , सेना , नवलपुर पर्यटन व्यवसाय संघ,सिवियपियु लगाएका संघसंस्थाहरुकाे प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियोे ।



सम्बन्धित
Loading...