पुस्तक व्यवसायी गण्डकी प्रदेशकाे तेस्राे अधिवेशन सम्पन्न, अध्यक्षमा कास्कीका पाेख्रेल निर्वाचित

माघ २०, पाेखरा – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गन्डकी प्रदेशकाे तेस्राे अधिवेशन तथा पाँचाैं साधारणसभा पाेखरामा सम्पन्न भएकाे छ । अधिवेशनले कास्कीका कृण्ण प्रसाद पाेख्रेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे छ ।
पाेख्रेलकाे नेतृत्वमा २५ सदस्सीय समिति निर्माण गरेकाे छ । जसकाे प्रथम उपाध्यक्ष उपाध्यक्षमा रामचन्द्र नेपाल, द्वितिय उपाध्यक्षमा ताराराज घले, सचिवमा प्रदिप खनाल, काेषाध्यक्ष ठाकुर प्रसाद शर्मा र सहसचिवमा सुरेन्द्र बास्ताेलालाई निर्वाचित गरेकाे छ । त्यसैगरी लेखा संयाेजकमा सन्दिप खनाललाई चुनिएकाे छ ।
नवलपुरबाट कार्यसमिति सदस्यमा भगवत अर्याल, शान्ति पाण्डे, टेक बहादुर कार्की र लेखा सदस्यमा रमेश प्रसाद भूर्तेल निर्वाचित हुनुभएकाे छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मनाङ्ग र मुस्ताङ बाहेक ९ जिल्लाका १३१ जना प्रतिनिधि रहेका थिए । गण्डकी प्रदेश भरिमा ७५० व्यवसायीहरू नविकरण भई निरन्तरतामा रहेकाे कार्यक्रममा जनाईएकाे छ ।
कार्यक्रममा कास्की जिल्लाका संस्थापक अध्यक्ष गाेपाल ध्वजु र म्याग्दी जिल्लाका पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठलाई सम्मान गरिएकाे थियाे । त्यसैगरी प्रदेशकाे उत्कृण्ट जिल्लाकाे रूपमा कास्की जिल्ला समिति र यसअघिकाे साधारण सभा सम्पन्न गरेकाेमा तनहूँ जिल्लालाई सम्मान गरिएकाे छ ।
त्यसैगरी गाेरखा जिल्ला अध्यक्ष दामाेदर घिमिरेकाे पसल जलेर नष्ट भएकाेमा पुन पसल सुचारू गर्नका निम्ति विभिन्न जिल्लाकाे सहयाेग स्वरूप नगद १३५ हजार नगद र केही जिन्सी सहयाेग हस्तान्तरण गरिएकाे थियाे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान पाेखरा महानगरका प्रमुख धनराज आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा महासंघकै केन्द्रीय अध्यक्ष सञ्जय कुमार चाैधरी बरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे, केन्द्रीय सचिव शकुन्तलादेवि शर्मा, गण्डकी प्रदेश निवर्तमान अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, गण्डकी प्रदेश सल्लाहाकार ऋषिराम शर्मा, पाेखरा उद्याेग बाणिज्यसंघका महासचिव बलराम आचार्य लगायत उपस्थिति रहेकाे थियाेे ।
यही कार्यक्रममा गण्डकी प्रदेश समितिले प्रकाशन गरेकाे गण्डकी स्मारिकाकाे विमाेचन पनि गरेकाे थियाेे । साथै प्रदेश समितिले स्थापना गरेकाेे व्यवसायी हितकाेषमा आबद्ध भएका व्यवसायीहरूलाई प्रमाण पत्र प्रदान पनि गरिएकाे थियाे ।
पाेखराकाे लेक साईडकाे पाैवा हाेटेलमा सम्पन्न भएकाे अधिवेशनकाे अध्यक्षता प्रदेश अध्यक्ष लिलाराम गाैतमले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव कृण्ण प्रसाद पाख्रेलले गर्नु भएकाे थियाे ।