कृषिमन्त्रीको बारीमा लोभलाग्दो तरकारी खेती, १० विगाहामा गोलभेडाको खेती


कावासोती, माघ २१ गते । मन्त्री भएपछि सरर चिल्ला गाडीमा मात्रै हिड्छन्, मिठा मिठा भाषण गर्छन् काम गर्दैनन भन्ने नेपाली नेताप्रति आम नेपाली जनमानसको धारणा छ । यसमा सबै नेपालीको समान धारणा मिल्छ पनि धारणा प्रायः धेरै नेता तथा मन्त्रीको हकमा यो धारणा लागू हुन्छ पनि । तर, पूर्वी नवलपरासीबाट गण्डकी प्रदेश सभामा निर्वाचित भएर कृषि मन्त्री बनेका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीको हकमा भने यो लागू हुँदैन ।



गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराएका छन्। देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा धान खेती र १० बिघामा तरकारी खेती गरेर राम्रो आम्दानी लिन गर्न सफल भएका छन् ।



उनको खेतबारी कृषि मन्त्री भएपछि मात्र हराभरा भएको होइन । उनी मन्त्री नहुँदा तरकारी खेतीमा मस्त रहने गर्दथे । अहिले उनको २० बिघाभन्दा बढी जग्गामा गोलभेँडा र तरकारी लटरम्म फलेका छन् ।

यो लोभलाग्दो तरकारी खेतीले स्थानीयलाई समेत तरकारी र गोलभेँडा बाहिरभन्दा कम मूल्यमा बिक्री गरिएको र त्यसले स्थानीयसमेत खुसी भएको स्थानीय भोजेन्द्र रायमाझीले बताए ।
यस वर्ष करोडभन्दा माथिको तरकारी बिक्री हुने मन्त्री जिसीकी श्रीमती ईशा जिसीले बताइन्।

२०३७ सालदेखि तत्कालीन रजहर गाउँपञ्चायतको प्रधानपञ्च हुँदा उनी २३ वर्षका थिए ।
६४ वर्षीय जिसी राजनीति र कृषि दुवै क्षेत्रमा सफल भएको मानिन्छ । रजहरमा मात्रै उनको ४० बिघा जग्गा रहेको छ । मन्त्री जिसीको यो जग्गा उनको बुवाको पैतृक सम्पत्ति हो ।

बाँझो जग्गा रहन नदिन हरेक वर्ष कुुनै न कुुनै कृषि बालीको उत्पादन गरिरहने मन्त्री जिसीको कुनै पनि जग्गा खाली रहँदैन । मन्त्री जिसी भने – “बुवाको पैतृक सम्पत्ति पाँच भाइको भए पनि भाइ विदेशमा भएपछि ती सबै जग्गाको रेखदेख र उपयोग गर्दै आइरहेको छु ।”

अहिले गोलभेँडालगायतका तरकारी बजार पु¥याउने काम भइरहेको छ । मन्त्री अलिकति फुर्सद पाउनेबित्तिकै गाउँ गएर तरकारी बारीमा नै रमाउने गर्दछन्। तरकारी खेतीका लागि उर्वर भूमि रहेको देवचुली नगरपालिकामा सबैभन्दा बढी तरकारी उत्पादन नै मन्त्री जिसीको खेतबाट हुन्छ ।



सम्बन्धित
Loading...