नवलपुरमा अपाङ्गता भएकी १३ बर्षीया बालिका बलात्कृत, ५८ बर्षीय पुरुष पक्राउ




नवलपुर। नवलपुरको देवचुलीमा रहेको जनज्योती जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् ।

सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो ।




घटना दबाउनका लागि स्थानीयले पटक पटक पीडित पक्षका आफन्तहरुसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको स्थानीयले जनाएको छ ।

बालिका बलात्कारको जाहेरी परेपछि शुक्रबार प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।

जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलका अनुसार बालिकाकी बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरि आजै अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको छ ।



सम्बन्धित
Loading...