दलदलेमा ४ तोला सुन र ५० हजार नगद चोरी




नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दलदलेका विश्वनाथ न्यौपानेको घरमा कोही नभएको मौका छोपी रातको समयमा चोरी भएको हो ।




कोठा भित्रको दराज फोडी ५० हजार नगद र ४ तोला बराबरको बाला, औठी, सिक्री, मंगलशुक्र, नेकलेस लगायतका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भईरहेको र चोरको खोजी भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...