माघे औसीमा त्रिवेणीमा जे देखियो (फोटो फिचर)
माघे औसीको अवसरमा पूर्वी नवलपरासीको पवित्र त्रिवेणीधाममा भक्तजनको घुईचो लागेको छ ।
तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका माघेआसीमा स्नान गर्नाले पुण्य प्राप्त हुने र पितृकार्य सम्पन्न हुने जनविश्वास छ । पितृश्राद्धका लागि यहां नेपालको नवलपरासी , रुपन्देही , गुल्मी , अर्घाखाची र भारतका तिर्थालुहरु त्रिवेणी आएका छन् ।
मेलामा नेपाल तथा भारतका हजारौ भक्तजन त्रिवेणीधाममा आएको गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसलालले बताए । विहिबार रातीबाट सुरु भएको मेला शनिवारसम्म चल्ने छ ।
मेलामा दर्शनार्थीको घुईचो लागेपछि सुरक्षा अवस्था मजबुत पार्नका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरीएको छ । यस वर्ष चार लाख दर्शनार्थीले त्रिवेणीमा स्नान र दशर्नगर्ने अनुमान छ ।


