राईनो संरक्षण गोल्डकपः बाग्मतीलाई १–० ले हराउँदै एपीएफ क्वाटर फाइनलमा




नवलपरासी । गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरको कोल्हुवामा आयोजना गरिएको छैटौं संस्करण राईनो संरक्षण गोल्डकप आजको खेलमा एपीएफ क्लब काठमाडौँ विजयी भएको छ ।

बागमती प्रदेशलाई १–० ले हराउँदै एपीएफ क्लब क्वाटर फाइनलमा पुगेको हो ।




बुधबार क्वाटर फाइनलको खेलमा त्रिभुवन आर्मी क्लब र सेन्टर कलेज फोर ब्रोर्दर भुमही बीच खेल हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । ए डिभिजन, बिभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउनेछन् ।

प्रतियोगिताको फाइनल फागुन ९ गते बुधबार हुनेछ ।



सम्बन्धित
Loading...