न्याय मरेपछि जगाउन उठे पूर्वपश्चिमबाट एकसाथ मिटरव्याजी पीडितहरु




रामकुमार श्रेष्ठ –

नवलपरासी । गत बर्ष मिटर ब्याजीहरुलाई कारवाहीको माग गर्दै लामो समय काठमाडौं धर्नामा बसेर रित्तो हात फर्किएका मिटर ब्जायी पीडितहरु न्याय मरेको भन्दै न्याय जगाउनका लागि एक साथ पूर्वपश्चिमबाट आन्दोलनमा उठेका छनन् ।




पश्चिमबाट १५ दिन अघि न्याय मार्च अभियान लिएर हिडेको मिटर ब्याजी पीडितहरुको टोली यति बेला नवलपुर आइपुगेका छन् । त्यसैगरी पूर्वबाट आएको टोलीसँग बुधबार चितवन नारायणगढमा भेटेर शनिबार सँगै काठमाडौंतर्फ उक्लने छन् ।

मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाइमा काँकडभिट्टास्थित मेची पुलबाट र पश्चिमको सीमावर्ती महेन्द्रनगरबाट ‘न्याय मार्च’ सुरु गरेका हुन् । दुवैतर्फका सहभागी यात्री चितवनमा भेट हुने र एकीकृत भएर काठमाडौँ आउने संघर्ष समितिले जनाएको छ ।

पश्चिम नेपालबाट आएको टोलीलाई पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका मिटरब्याजी पीडितहरुले सँगसँगै न्याय मार्चमा पैदल हिडेर साथ दिएका छन् ।
उनीहरु सम्बन्धित जिल्लाका मिटरब्याजी पीडितहरुले जहाँ खान बस्न व्यवस्था गर्ने गरेका छन् तेही सुत्ने रातिको खाना खाने र विहान उठेर विहानको खाना खाएर पुन गन्तव्यतर्फ हिड्ने गरेको छन् ।

मिटर ब्याजी पीडितहरुको व्यथा एक कथा अनेक

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवा निवासी रामशुभग मुसहर भन्छन् – ‘न्याय मर्यो, जगाउनु छ । समाज (पीडितहरु) बल्ल जागेका छन् । अब त न्याय पाइन्छ कि भन्ने आस छ ।’

उनले छोरीको विवाह गर्न लिएको साढे ४ लाख रुपैयाँ ऋण नै उनका लागि दशा बनेर भित्रियो । उनी भन्छन् – साहूले सतायो, छोरीको विवाह गर्न १० कठ्ठा जग्गा दिएर लिएको साढे ४ लाख रुपैयाँ डेढ बर्ष पछि साँवा ब्याज गरेर ९ लाख ४० हजार रुपैयाँ तिरे तर अहिले न मलाई पैसा तिरेको कागज दिएको छ न त जग्गा नै फिर्ता पाएका छन् ।’
उनलाई पैसा दिएर जग्गा पनि लिने र पैसा पनि असुल्ने साहू संदिप प्रसाद जोशीले उनको जग्गा पनि अर्कैलाई बेचेर विदेश फरार भएका छन् । यही पीडा सहन नसकेर रामशुभग मुहसरको श्रीमतीको पनि हृदयघातले निधन भएको छ । साहूले पैसा बुझे पछि १५ दिनमा जग्गा फिर्ता गरिन्छु भने पनि अहिलेसम्म नदिएको उनले बताए ।
छोरीको विवाह पछि लागेको ऋण तिर्न छोरालाई विदेश पठाउन उनले अर्को साहू प्रतापपुरका जगदिश बानियासँग साढे १० जग्गा दिएर डेढ लाख रुपैयाँ लिए अनि ३ लाख रुपैयाँ बुझेका कागज गराए ।

मुहसरले भने – उनको छोरालाई विदेश पठाउन लिएको रकम पनि दलालले खाइदियो । छोरा बीचबाटोबाट फर्किए । न काम भयो । ३ बर्ष पछि डेढ लाखको ९ लाख बुझाए । अझै १० लाख पुगेन भन्छ । जग्गा पनि फिर्ता दिदैन । अझै १० लाख तिर्न छ भनेर धम्काउँदै माग्छ ।’ बानियाँले गाउँमा ७०÷८० जनाको जग्गा यसरी नै हडपेको पीडितहरुले गुनासो गरे । बानियाँकै घरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालय बसेका कारण उनले मेरै घरमा गाउँपालिकाको अफिस छ मलाई कसले कारवाही गर्छ भन्दै पीडितलाई धम्काउँदै हिड्ने गरेको स्थानीयले बताए ।

उनलाई लागेको चोट यतिले मात्र पुगेन । छोरा विदेश जान लिएको डेढ लाख रुपैयाँको साहूलाई दिन पर्ने अर्को १० लाख तिर्नका लागि उनले साढे ३ कठ्ठा घडेरी बेच्ने र त्यही पैसा तिरेर साढे १० कठ्ठा जग्गा फिर्ता लिने निर्णयमा पुगेर जग्गा बेच्न अर्को साहू खोजे तर, मुसहर त्यसमा पनि ठगिए ।

उनले भैरहवाका मनिषा पोख्रेललाई बाँकी पैसा पछि भुक्तान गर्ने गरी १ लाख नगद लिए र साढे ९ लाखमा जग्गा बेचे । जग्गा बेचाउन दलालीको भूमिका खेलको मुरारी नाम गरेका व्यक्तिले १ लाखबाट ७५ हजार खाइदिए, मुसहरको हातमा २५ हजार मात्र नगद हात लाग्यो । बाँकी पैसा भुक्तान नपाएका उनले केही समेय पछि ६ लाख ८३ हजारको चेक पाए । त्यही पनि उनले चित्त बुझाउँदै चेक साट्न बैंक पुगे तर जग्गा खरिद गर्ने मनिषाले उनलाई झुक्काएर चेकमा मिति नै विगारेर दिएका रैछन् ।
उनले भने – मैले चेकमा मिति मिलाउन १ बर्ष धाए, नमिति मिलाइदियो न अर्को चेक काटेर दियो, २५ हजारमा साढे ३ कठ्ठा घडेरी खाइदियो । अहिले अर्कोसँग लिनु भनेर कागज गराइदिएको छ । उसले पनि पैसा दिएका छैन ।
उनले सबै कुरा सुनाए पछि लामो श्वास फेर्दै भने – समाज (मिटरब्याजी पीडितहरु) जागेको छ । अब त न्याय पाइन्छ कि भन्ने आशा जागेको छ । काठमाडौंमा जान्छौं धर्ना बस्छौं । न्याय नपाए जाने ठाउँ छैन, किन घर फर्कने ?

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ निवासी रामावती लोधको पनि व्यथा उस्तै छ । उनले घर खर्च चलाउन स्थानीय नरेश यादवसँग ३० हजार ऋण लिए त्यसको ३५ हजार कागज गराए ।

उनका श्रीमान चन्दभान लोन विरगञ्जमा काम गर्दथे । विरामी भएर उपचार गर्न र आराम गर्न घर आएको बेला विरामी श्रीमानलाई बन्धक बनाएको उनले सुनाए । उनले भने – श्रीमान विरामी हुँदा ऋण लिएको एक बर्ष भएको बेला राति ८ बजे विरामी श्रीमानलाई बन्धक बनाएर साहूले घर लग्यो । त्यस पछि जग्गा धरौटी राखेर १ लाख २५ हजार ऋण तिर्यो । अहिले त्यही ऋण साढे ७ लाख पुग्यो भनेर दिन दिनै माग्न साहू घरै माग्न आउँछ । साहूले डबल तमसुक बनाएर राखेको छ ।

त्यसैगरी रुपन्देहीको भैरहवा २ निवासी मुबारक धुनियाको कथा पनि उस्तै छ । उनले स्थानीय राम अवतारसँग २५ हजार ऋण लिए तर साहूले ४ लाख रुपैयाँ बुझेको कागज गराए । उनले कतार गएर ३ बर्ष बसेर २ लाख ७० हजार तिर्दा पनि उनको ऋण अझै चुक्का भएको छैन ।

मुबारक धुनिया भन्छन् – ‘२५ हजार लिएको हो । ४ लाखको कागज गरायो । अहिले ब्जाय सहित ६ लाख ६ हजार ६७ रुपैयाँ पुराएको छ । मैले २ लाख ७० हजार तिरे बाँकी तिर्न नसके पछि भएको जग्गा पनि अदालतमा मुद्दा हालेर मालपोत कार्यालय मार्फत रोक्का गराइदिएको छ ।’
रुपन्देहीको भभई निवासी सुमित्रा लोहारले ४ बर्ष अघि छोरीको विवाहका लागि स्थानीय एक जना साहूसँग १ लाख ८० हजार लिएर तर उनलाई झुक्काएर ५ लाखको कागज गरायो । अहिले ३६ लाख पुग्यो भनेर माग्ने गरेको उनले बताए ।

लोहार भन्छिन् – न खेत छ न बारी छ । श्रीमानले साउदीबाट कमाएर पठाएको पैसा साहूलाई तिर्दा ठिक्क भएको छ ।
त्यसो त उनले छोरीको विवाहका लागि लिएको ऋण १ बर्ष भित्र एक पटक १ लाख र अर्को पटक ४० हजार गरी १ लाख ४० हजार तिरेपछि साहूले अब ६० हजार ऋण लिएको कागज दिन्छु भने । उनी भन्छिन् – ‘तर अहिले ४ बर्ष पछि ३६ लाख पुग्यो भनेर दिन दिनै माग्न आउने गरेको छ ।’



सम्बन्धित
Loading...