नवलपुरासीमा पेस्तोल सहित २ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा अवैध हतियार पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्ररी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १२ जहदाको भटौलिया मझौनी सडक खण्डबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १३ बस्ने अजय अहिर र बर्दघाट नगरपालिका १३ लेबडा बस्ने कमल चौधरीलाई त्रफाउ गरेको हो ।
जहदामा पेस्तोल सहित मानिसहरु हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा अजय अहिरले निलो जिन्स पाइन्ट अगाडि खाल्तीमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको र उनीहरुलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जनाए ।