नवलपरासीमा चरेस सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२ बर्षीय राजु विक पक्राउ परेका हुन् ।
उनले लागुऔषध बेचबिखन गर्दै आएको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाट र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा उनको घरमा खानतलासी गर्दा लागुऔषध चरेश बरामद भएको हो ।
उनको घरमा कालो प्लाष्टिकमा ७० ग्राम चरेश र ८२ हजार पाँच स रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।
पक्राउ परेका विकलाई लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।