गैंडाको आक्रमणबाट कावासोतीका एक जना घाइते




देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १ बस्ने ६४ वर्षीय धनबहादुर गाहा मगर घाइते भएका हुन् ।

देवचुली र कावासोती जोडने लोकाहा खोलाको पुलमा हिडिरहेका गाहा मगरलाई बुधबार साँझ ६:३० बजे गैंडाले आक्रमण गरेको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो ।




घाइते गाहा मगरलाई पृथ्वीनगरको मेडिकलमा प्राथमिक उपचारपछी थप उपाचारका लागि भरतपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा पटक पटक गैंडाले आक्रमणबाट स्थानीयहरु जनधनको क्षति हुनुका साथै किसानहरूले लगाएको बालीनालीमा समेत क्षति पुर्‍याएको घर्ती मगरले बताउनुभयो ।

पछिल्लो २ महिनामा ५ जना स्थानीय घाईते भएका छन्´ उहाँले भन्नुभयो । आफ्नो क्षेत्रमा गैंडा नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, डिभिजन वन कार्यालय नवलपुर, देवचुली नगरपालिकालाई पटक पटक अनुरोध गर्दा समेत कहिँबाट समस्या समाधान नगरिएको भन्दै घर्तीले गुनासो गर्नुभयो ।



सम्बन्धित
Loading...