प्रहरीको गोली हानी हत्या




दाङ, ३ फागुन ।
दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ ।

दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।




विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...