दिल्लीको एक गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु




४ फागुन । भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

बिहीबार लागेको आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो ।




भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।

आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।



सम्बन्धित
Loading...