प्रभु बैङ्क शाखा चन्द्रौटामा


राम अवतार चौधरी
कपिलवस्तु, १० जेठ । प्रभु बैङ्क लिमिटेडले कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा आफ्नो शाखा विस्तार गरेको छ ।
सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै प्रभु बैङ्कले सो शाखा चन्द्रौटामा विस्तार गरेको शाखा प्रमुख तिलकराम पाण्डेले बताए । यो १ सय ७७ औं शाखा हो ।
कार्यक्रमको प्रमुख अतिथि तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बैङ्कको समुद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैङ्क एउटा शहरी क्षेत्रमा मात्रै सिमित न रहेर गाउँगाउँमा पुगेर गरिब, विपन्न परिवारसँग पनि सहाकार्य गर्दै समुदायमा सकरात्मक प्रभाव पार्नुको साथै उनीहरुको जीवन स्तर उकास्न निकै सहज प्रभु बैङ्कले गर्ने विश्वास समेत अधिकरीले व्यक्त गरे ।
प्रभु बैङ्कको क्षेत्रीय प्रबन्धक सुनिल रानाले देशैभरी १ सय ३२ वटा एटिएम १२ लाख भन्दा बढि ग्रहकहरुलाई गुरणस्तरिय बैङ्किक सेवा प्रवाह गरि १ सय ७ अर्व निक्षेप तथा ९९ अर्व ऋण लगानी गर्न सफल भएको साथै सौलियत व्याजदरमा कृषि तथा व्यावसायिक लगायतका क्षेत्रमा ऋण उपलब्ध गर्दै आएको बताउँदै सबै शाखाबाट ग्राहकहरुले निर्धक्का भएर प्रभुसाँगको कारोबार गर्न आग्रह समेत रानाले गरे ।
उक्त कार्यक्रममा प्रभु बैङ्क लिमिटेडका क्षेत्रिय प्रबन्धक सुनिल रानाको अध्यक्षता, शिवराज नगर प्रमख नेत्रराज अधिकारीको प्रमख आतिथ्यिता, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्शेर अलिमिया, समाजसेवी हुमाकान्त खनाल लगायतको आतिथ्यिता, प्रभु बैङ्क लिमिटेड प्रदेश नं.५ का प्रमुख सुभाष कुंवरको स्वागत मन्तव्य र सोही बैङ्कका क्षेत्रीय व्यवसायिक अधिकृत महेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।



सम्बन्धित
Loading...