१३ पटक जेल गएका झ्याइझ्याइ जेलबाट निस्केको ३ सातामा फेरि समातिए (भिडियो)

नवलपुरमा यस्तो चोर समातिएका छन् जो १३ पटक जेल गई सकेका छन् ।
कावासोती १० मगरकोट निवासी ४३ बर्षीय झ्याइझ्याइ नाम गरेको चोर पछिल्लो पटक जेलबाट निस्केको ३ साता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो ।
पछिल्लो समय कावासोतीका विभिन्न मन्दिरहरुमा चोरीका घटनामा सम्लग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
उनको साथसँगै प्रहरीले कावासोती ८ निवासी ४१ बर्षीय कान ठाडे भन्ने लक्ष्मण श्रेष्ठ एक जना सहयोगीलाई पनि पक्राउ गरेको छ । उनीहरुले पछिल्लो समय मन्दिरमा रहेका दान पेटिकाका पैसाहरु चोर्ने गरेको पाइएको छ । उनीहरुले कावासोतीका ५÷७ वटा मन्दिरमा चोरी गरेको स्वीकार गरेका छन् ।
उनले भने मान्छे हो गल्ती हुन्छ सजाय स्वीकार गर्ने तयार छु ।
प्रहरीले उनीहरुको साथबाट चोरी गरेको नगद र चोरीमा प्रयोग हुने उपकरणहरु पनि बरामद गरेको छ ।