दुम्किबासमा आजदेखि दोस्रो सीजी कप फुटबल, उद्घाटन खेल देवघाट र गिरुवारीबीच हुने




नवलपुर। आजबाट दुम्किबासमा शुरु हुने दोस्रो विनयी त्रिवेणी सीजी कफ २०८० फुटबल प्रतियोगिताको उद्घाटन खेलमा देवघाट र युवाइसी गिरुवारीबीच हुने भएको छ ।
प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिता सीजी खेल मैदान दुम्किबासमा हुन लागेको हो ।

मोडर्न युथ क्लवले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका गरी १६ टिमको सहभागिता रहको आयोजकले जनाएको छ ।




प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र र ट्रफिसहित नगद दुई लाख १० हजार र द्वितिय हुनेले एक लाख ५० हजार प्राप्त गर्ने क्लवका अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडि, सबैभन्दा धेरै गोल गर्ने खेलाडि र उत्कृष्ट गोलकिपरलाई जनही पाँच पाँच हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।



सम्बन्धित
Loading...