समितिले बर्खास्त गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशकले कार्यकक्ष छाडेनन




वीरगन्ज ,१२ फागुन –

वीरगन्ज महानगरपालिका १५ भेडियाहीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुदिन अन्सारीले आफ्नो कार्यकक्ष नछाडेको पाएको छ ।




गत फागुन ४ मा बसेको अस्पतालको संचालक समितिको बैठकले प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारीलाई चयन गरेर तत्कालीन प्रबन्ध निर्देशक बसरुदिनलाई हटाएको हो ।

तर प्रबन्ध निर्देशक बाट हटाइएका बसरुदिनले संचालक समितिको निर्देशन अटेर गरेर अस्पतालमा जबरजस्ती अहिलेसम्म बस्दै आएका छन ।

बसरुदिनलाई प्रबन्ध निर्देशक बाट हटाइएको एक साता भन्दा बढी बितिसक्दा पनि उनले संचालक समितिको निर्णय नमानेर मनोमानी गरिहेका छन ।

अस्पताल स्रोतका अनुसार बसरुदिनले आफू नै पहिले देखि प्रबन्ध निर्देशक रहेको र अस्पतालका अध्यक्ष जैनुदिन अन्सारीले आफ्नो पद छाडेर अध्यक्षमा पनि नियुक्त गरेको प्रचार गरिरहेका छन ।

अस्पतालको प्रबन्ध निर्देशक बाट हटाइएका बसरुदिनले अस्पतालका कर्मचारीलाई उचालेर कर्मचारी ट्रेड युनियन दर्ता गराउन खोजेको अस्पताल स्रोतको भनाई छ ।

यसअघि लामो समय सम्म अस्पतालको संचालक समितिको प्रबन्ध निर्देशकमा बसरुदिन अन्सारी थिए । उनी नेकपा एमालेका मधेस प्रदेश समिति सदस्य हुन् ।

अस्पतालमा अब बसरुदिनको १० प्रतिशत मात्र सेयर रहेको अस्पताल संचालक समितिले अस्पतालले जनाएको छ ।



सम्बन्धित
Loading...