एम्बुलेन्समा गाँजा तस्कर, ५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ


धनकुटा । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीका सामानसहित भक्तपुरमा २ पक्राउ




काठमाडौं । भक्तपुरको एक घरबाट नगद र गरगहना चोरी गरी भागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा घर भई काठमाडौंको टेकु बस्दै आएका १९ वर्षीय राजेश भुजेल र काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ का १८ वर्षीय समिर श्रेष्ठ रहेका छन् ।

उनीहरूले शुक्रबार साँझ भक्तपुर चाँगुनारायण नगरपालिका– ३ का भुवन खत्रीको घरमा दराज फुटाई विभिन्न गरगहना र नगद चारी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीमा उजुरी आउनसाथ खटिएको प्रहरीले भुजेल र श्रेष्ठलाई सामानसहित पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए ।

उनीहरूको साथबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा, औठी, नेक्लेस, मुन्द्री, तिलहरी, पुतली र रानीहार १÷१ थान बरामद भएको छ । साथै चाँदीको पाउजु, नगद एक हजार २६६ रुपैयाँ र तालचा फुटाउन प्रयोग हुने फलामको टिनो पनि बरामद भएको उनको भनाई छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...