दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप शुरु, उद्घाटन खेलमा गिरुवारीलाई देवघाटले हरायो


रामकुमार श्रेष्ठ –



पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड युथ क्लब गिरुवारीलाई २–१ गोल अन्तरले पराजित गर्दै देवघाट फुटबल क्लब विजयी भएको छ ।




प्रतियोगिता शुरु भएको ३ मिनेटमै गिरुवारीको हुमन रेश्मीले पहिलो गोल गरेको भए पनि आफ्नो टिमलार्ई भने जिताउन सकेनन् । देवघाट फुटबल क्लबका लागि पहिलो हापको १६ औं मिनेटमा देवघाटका मनिस गुरुङले पहिलो गोल गरे भने दोस्रो हापको ५७ औं मिनेटमा विवेक परियारले दोस्रो गोल गरे । उद्घाटन खेलमा देवघाटका मनिष गुरुङ म्यान अफ दि म्याच भए ।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय जनप्रतिनिधि, स्थानीय संघसंस्थाको प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिता सीजी खेल मैदान दुम्किबासमा शुरु भएको हो ।
मोडर्न युथ क्लवले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका गरी १६ टिमको सहभागिता रहको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र र ट्रफिसहित नगद दुई लाख १० हजार र द्वितिय हुनेले एक लाख ५० हजार प्राप्त गर्ने क्लवका अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट खेलाडि, सबैभन्दा धेरै गोल गर्ने खेलाडि र उत्कृष्ट गोलकिपरलाई जनही पाँच पाँच हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो दिन आइतबार अरुणखोला फुटबल क्लब र आयोजक ए बीच हुने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...