मेन्टर कप क्रिकेटः मिचीसँग इलाइट १० विकेटले पराजित

कावासोती । नवलपुरको कावासोतीमा जारी प्रथम मेन्टरकप खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा मिची एजुकेशनको टिम विजयी भएको छ।
मिचिले इलाइट युथ क्लबलाइ १० विकेटले पराजित हो ।
६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको मिचिले मात्रै ४.४ ओभरमा जित हात पारेको हो ।
मिचिका लागि मिस्कल मगरले १९ बलमा ४५ रन र कमल पौडेलले ९ रनको अविजित पारी खेलेको प्रतियोगिता संयोजक किरण भुर्तेलले जानकारी दिए।
इलाइट क्लबलाइ सस्तैमा समेट्न मिचिका अदित रावतले ३ ओभरमा ५ रन खर्चेर ५ विकेट लिएका थिए भने अनुज चनराले २ विकेट लिए। पराजित टिमका लागि कप्तान दिपेश दवाडिले २५ बलमा ३२ रन र हिमाल न्यौपानेले १२ बलमा १९ रन बनाएको संयोजक भुर्तेलले बताए।
जितसङ्गै मिची प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।प्रतियोगितामा भोलिको खेल लक्ष्मी युवा क्लब देवचुली र चोरमारा युवा क्लब चोरमाराका बिचमा हुनेछ।