नवलपुरका दुग्ध किसान आन्दोलित, कावासोतीमा दुध पोखेर १ घण्टा चक्का जाम


नवलपुर । पूर्वी नवलपरासीका दुग्ध किसानहरु आन्दोलित भएका छन् ।
उनीहरुले आज कावासोतीमा दुध पोखेर पूर्वपश्चिम राजमार्गमा १ घण्टा चक्काजाम गरेका थिए ।
दुधको भुक्तानी माग गर्दै यहाका किसानले महेन्द्रराजमार्गको कावासोतीको फलफूल चोकमा राजमार्ग अबरुद्ध गरेका हुन् ।



पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा राजमार्गमा दुध पोखेर किसानले सरकार बिरुद्ध आक्रोस जनाएका थिए ।

विहान कावासोती स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै किसानले महेन्द्रराजमार्ग अबरुद्ध गरेका हुन । दुधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै उनीहरुले सरकारको बिरोधमा नाराबाजी समेत गरेका छन ।




निकम्मा कृषिमन्त्री राजीनामा दे , किसानमारा सरकार मुर्दावाद, दुधको आयात बन्द गर , जस्ता प्लेकार्ड बोेकेको किसानहरु सडकमा नारावाजी गरेका छन । उनिहरुले मिल्क होलि डे बन्द हुनपर्ने र किसानको उत्पादन दुधको मुल्य र बिक्रिको जिम्मा सरकारले लिन पर्ने माग गरेका छन ।
महेन्द्रराजमार्गको कावासोतीमा दुध पोखेर नारावाजी गरेका कारण महेन्द्रराजमार्ग हुदै पूर्वपश्चिम हिडेका दर्जनौ गाडि कावासोतीमा रोकिएका छन ।

पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दुघ बिक्रि हुदै आएको छ । दुग्ध उत्पादक किसानले स्थानीय सहकारी मार्फत बिक्रि गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जनाएका छन । सहकारीले काठमाण्डौका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन ।

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बुधबार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोटको पलाँता गाउँपालिका– २ लार्फका अन्दाजी २० वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिएका छन् । जगन्नाथ गाउँपालिका– ६ को तल्लो काप्रिमा भिनाजु दीर्घ सार्कीको घर बनाउन जग सम्याउने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।



सम्बन्धित
Loading...