पश्चिम नवलपरासीका किसानहरुले मागे कृषि र आपूर्ति मन्त्रीको राजिनामा




नवलपरासी । पश्चिम नवलपरासीका दुग्ध किसानहरुले कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको राजिनामा माग गरेका छन् ।

विहीबार पश्चिम नवलपरासीको बर्दघाटमा पश्चिम नवलपरासीका दुग्ध उत्पादक किसानहरुले प्रर्दशन गर्दै यस्तो माग गरेका हुन् । उनीहरुले विहीबार बर्दघाटको टिसिएन चोकमा जम्मा भएर कृषि मन्त्री र आपूर्ति मन्त्रीको राजिनामा माग गर्दै नाराबाजी समेत गरेका थिए ।




उनीहरुले केही बेर पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध गर्न खोजेपछि प्रहरी र आन्दोलनरत किसान बिच केही बेर तनाब उत्पन्न भएको थियो ।
दुग्ध किसानहरु दुधको मूल्य पाउनु पर्ने, बजारीकरणको समस्या समाधान हुनु पर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन गरेका छन् ।

किसानहरुको आन्दोलनमा विभिन्न व्यवसायी एवम् बर्दघाट उद्योग बाणिज्य संघले समेत ऐक्यवद्धता जनाएको थियो ।

त्यसैगरी बुधबार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध किसानहरुको माग पुरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका थिए



सम्बन्धित
Loading...