दक्षिण कोरियामा तलब बढ्यो, काम घट्यो




एजेन्सी । दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रो पटक समायोजन भएको छ । मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको तथ्यांक त्यहाँको श्रम मन्त्रालय सार्वजनिक गरेको छ ।

कोरियाको रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर) पुगेको छ ।




सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो ।

सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३।६ प्रतिशतले बढेको छ । व्यवसायमा प्रति कामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६ प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ ।

उत्पादन उद्योगले १७०।५ को सबैभन्दा लामो मासिक कार्य घण्टा रेकर्ड गरेका छन् । पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्र १७० घण्टाको साथ निर्माण उद्योगले गत वर्ष १२८.७ को सबैभन्दा छोटो कार्य घण्टा दर्ता गरेको छ ।



सम्बन्धित
Loading...